काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा बद्ली हुने जनाएको छ । विशेष बुलेटिन निकालेर महाशाखाले अहिले देशभर धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो । केही स्थानमा पानी परिरहेको छ ।

लुम्बिनी प्रदेशमा बर्षा भइरहेको र अन्य प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ ।

आज प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भू–भागमा आंशिक बदली भइरहेको छ । प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मति प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको भइरहेको छ ।

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आज नेपालमा आंशिकदेखि सामान्य बदली भइरहेको हो ।

भोलिदेखि भने केही दिन झनै देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ ।

सँगै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित ठुलो वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाले विशषेगरेर यात्रा तथा कृषि कार्य गर्दा सजक रहन आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु