उदयपुर । ५१ वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१० बस्ने ४३ वर्षीय धन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धन बहादुरले ती महिलालाई गए राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
संखुवासभा । धर्मदेवी नगरपालिका-१ तिनजुरेस्थित सडकमा अन टेस्ट लेखिएको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक तेह्रथुम लालिगुराँस नगरपालिका-१ घुर्मुसे बस्ने ३७ वर्षीय रमेश दाहालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
कैलाली । लम्कीचुहा नगरपालिका-४ बस्ने जयलाल भण्डारीको छोरा १३ वर्षीय प्रकाश भण्डारीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

सोही नगरपालिका-६ स्याउले बस्ने उनकै फुपू बिनु रिमाल जैशीको घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको लम्कीचुहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु