काठमाडौ । धनुषा, नगराईन नगरपालिका-७ नवटोलीस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले घटनास्थलबाट १ थान खुकुरी बरामद गरेको छ ।

झापा, गौरीगंज गाउँपालिका-२ कोरोबारी बस्ने ३७ वर्षीय चैतुलाल राजवंशी आफ्नै घरको बरण्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, रत्ननगर नगरपालिका-१० डाँडागाउँस्थित सुमित्रा देबी पाण्डेको घरमा ५ महिनादेखि ज्याला मजदुरी गरी बस्दै आएका उदयपुर त्रियुगा नगरपालिका घर भएका ५० वर्षीय ज्ञान बहादुर श्रेष्ठ आफू बस्दै गरेको घर नजिक गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ मिया टोलस्थित नहर पुल छेउमा ईटहरी उपमहानगरपालिका-८ ढोका पुल बस्ने दिल बहादुर लिम्बुका छोरा ५ वर्षीय सुजन लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङ सुनसरी सिँचाई आयोजनाको नहरले बगाएर ल्याएको अवस्थामा उनको शव फेला परेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित बुद्ध बिहार संस्थामा विगत करिब ७ महिनादेखि बस्दै आएका ओखलढुङगा रुम्जाटार घर भएका ४३ वर्षीय रबिन राई आफु सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, बागमती नगरपालिका-१० दमाई टोल बस्ने श्याम साहको हाल बन्द रहेको कुखुरा फर्ममा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-२९ पट्नेरीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोट, बेलकोटगढी नगरपालिका-८ कासिटारस्थित सडक नजिक धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु