काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माल्दिभ्सको मालेस्थित रंगशालामा उभिएर बोलेको एउटा भिडियो क्लिप खुबै भाइरल भइरहेको छ ।

यो संसारभरी सेयर भइरहेको छ । उनले अति विशाल मन भएका मानिस भनेका नै नेपाली र नेपाल अति विशाल देश हो भनेका छन् ।

उनले भनेका छन् नेपाल र नेपाली त मेरो मुटुभित्र बसिसक्नुभयो । अब यो कहिलै मेटिन्न । मैले नेपालको नाम राखेको छैन ।

नेपालले मेरो नाम राखेको छ । नेपालीले मेरो नाम संसारभरी पुर्याईदिनुभएको छ । केही सोच्छन् होला नेपाल सानो देश हो । उनीहरु सबै गलत छन् । नेपाल त अति विशाल देश हो ।

नेपालीको भावना त यो संसारमा भएका सबै मानिसभन्दा विशाल छ । म जहिलै नेपाल र नेपालीलाई सम्मान गर्छु । सम्झन्छु भन्दै बडो भावुकता उनले पस्किएका छन् । भिडियो छोटो छ ।

तर उनको अति नजिकबाट भिडियो खिचिएको छ । अरबी लवजमा उनले नेपाल र नेपालीको खुलेर प्रसंशा गरेका छन् । शब्दमा मात्र हैन । उनको भावनापनि त्यस्तै देखिन्थ्यो ।

आवज, व्यक्त गरिएका शब्द अनुसारको हाउभाउले हेर्ने हरेक नेपालीलाई स्तब्ध बनाउँछ । भावुक बनाउँछ । भक्कानिने बनाउँछ । यसैलेपनि अहिले यो सामाग्री संसारभरी फैलिरहेको छ ।

योपनि

नेपालमाथि फाइनलमा अन्याय भयो, न्यायका लागि कोर्ट जान्छौ : अल्मुताइरी

साफ च्याम्पियनसिप : उपविजेता नेपाललाई ३० लाख, भारतले कति पायो ?

धेरैसँग काम गरे अहिलेका कोच प्रशिक्षक मात्र हैन “लाइक फदर” जस्तै हुन् : किरण चेम्जोङ

इतिहास रचेपछि अलुताइरी आकाशतर्फ फर्किएर रोए, भने मलाइ नोकर सम्झिए कहिल्यै नेपाल फर्किन्न

हरेक नेपाली स्तब्ध पार्ने यी तस्वीर: खेलाडी च्याप्प छातीमा टाँसे र देशका लागि खुशीका आँशु बगाए

सम्बन्धित खबरहरु