नयाँदिल्ली । भारत र पाकिस्तानको सिमा क्षेत्र जम्मु काश्मिरमा केही दिनदेखि सेना र अर्को समुहबीच मुठभेड भइरहेको छ ।

उक्त मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जाम्मु काश्मिर भारत प्रशाशित प्रदेश हो । जसलाई पाकिस्तानले समेत दावी गरिरहेको छ ।

कश्मिरबाट सय किलोमिटर टाढा सरनकोट स्थित एक गाउँमा एक समुहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो ।

अभियानको अघिल्लो दिन उक्त समूहले चलाएको हतियारबाट पाँच सैनिकको मृत्यु भएको भएपछि उनीहरूविरुद्ध कारबाही तीव्र पारिएको हो ।

गाउँको नजिकै जंगलमा वर्षौदेखि पकड जमाई बसेका हतियारवाला समुहमाथि सेनाले कारबाही गर्दा उनीहरुतर्फ दर्जनौं घाइते भएको बताइएको छ । यता सेनालेपनि ठूलो क्षति ब्यहोरेको छ । यही दौरानमा ७ जना सैनिकको मृत्यु भएको छ ।

यो हप्ता भने भारतीय सेनाका ९ जनाको मृत्यु भइसकेको छ । यसैगरी भारतीय सेनाले उक्त समूहका १३ जना जनाको मृत्यु भएको दाबी गरेको छ योसँगै २२ जनाको मृत्यु भएको पुष्टी हुन्छ ।

सम्बन्धित खबरहरु