काठमाडौं । दशैँ मानेर काठमाडौ फर्किनेहरु चढेको बस दुर्घटना भएको छ । नुवाकोटको किस्पाङ भन्ने ठाउँमा बस दुर्घटना भएको हो । दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् ।

नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिनुभयो ।

भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो ।

बस नालीमा खसेर भित्तामा ठोक्किएको छ । बसमा ४० जना भन्दा बढी सवार रहेको बताइएको छ ।

अहिले नजिकै रहेको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा उद्धार भइरहेको छ । घाईते केहीको अवस्था गम्भीर छ । बस के कारणले दुर्घटना भएको हो खुल्न सकेको छैन । प्रहरीले अनुशन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु