काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता ( साफ च्याम्पियनसिप ) २०२१ को उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएका छन् । नेपाली टिम सोमबार बिहान ९ बजे स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायत आम नागरिकले भव्य स्वागत गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फुलबल समर्थकहरुको बाक्लो उपस्थिति थियो । उहाँहरुले नेपाली टोलीको स्वागत गरेका गर्नुभयो ।

नेपालको प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाली टोलीसँग आउनुभएको छैन ।

उहाँ त्यहाँबाट स्वदेश कुबेत फर्किनुभएको छ । उहाँले नेपाल भारतबीचको फाइनल खेलपछि प्रशिक्षकको भूमिकामा नेपाल कहिलै नफर्किने घोषणा गर्नुभएको थियो । यसैलेपनि उहाँ नआउने देखिन्छ ।

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताइसक्नुभएको थियो ।

मुख्य प्रशिक्षक अल्मुताइरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको बताउनुभयो ।

साफ च्याम्पियनसिपअन्तर्गत बुधवार बंगलादेशसँगको खेल १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले साफ च्याम्पियनको फाइनलपछि नेपाल नफर्किने घोषणा गर्नुभएको थियो ।

उहाँले माल्दिभ्सबाट सीधा कुवेत फर्किने बताउँदै नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिँदा आफू खुसी नरहेको सुनाउनुभयो ।

अल्मुताइरीले नेपालले फाइनल यात्रा तय गरेकोमा खुसी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको बताउनुभयो ।

‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ। हामी परिवार हौँ। हामी एउटै परिवारका सदस्य हौँ। तपाईहरुले यस्तो बोलेर खुसी मिल्यो । र म्याच फिक्सिङ गर्यो भनेर तपाईहरु खुसी हुनुहुन्छ ?

तपाईहरुलाई गर्व महसुस भयो ? म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ?’, मुख्य प्रशिक्षक अल्मुताइरीले भन्नुभयो, ‘मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ। म नोकर होइन, कोच हुँ।

आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ। म कहिल्यै नेपाल फर्किने छैन। पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ।’ त्यो घोषणापछि उहाँ वास्तबमा नै नेपाल फर्किनुभएन । हेरौ केही तस्विरहरु

 

सम्बन्धित खबरहरु