काठमाडौ । नेपाली बजारमा सुनको मुल्य फेरी ह्वात्तै बढेको छ । दशैँअघि कारोबार भएको मुल्य भन्दा आज बजार खुलेसँगैको मुल्यमा ७ सयले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय तोकिएको छ । छापावाल सुन दशैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार १ सय ५० मा कारोबार भएको थियो ।

महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २ सय २५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला एक हजार १ सय ८० मा कारोबार भएको थियो ।

 

सम्बन्धित खबरहरु