नवलपरासी पूर्व । महेन्द्र राजमार्गको अरुणखोलानजिक यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिँदा ४२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणीबाट काठमाडौं हिँडेको लु १ ख ९४७६ नम्बरको बस सोमबार बिहान अरुणखोला र दुम्किबासबीचको जंगलमा पल्टिएको हो ।

घाइतेमध्ये ३७ जनाको कावासोतीस्थित जिल्ला अस्पताल र अन्य ५ जनाको दुम्किबासको एक क्लिनकमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

आजै नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् । सोमबार बिहान किस्पाङ–१ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरुलाई उपचारका लागि जिल्ला त्रिशूली पठाइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । बसमा ३० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

बस सडकको भित्तामा गएर ठोक्किएकाले ठूलो दुर्घटनाबाट बचेको घटनास्थलबाट पुगेर फर्किएका प्रजिअ दुलालले बताउनुभयो ।

सम्बन्धित खबरहरु