काठमाडौ । सधैँ बढाइरहेका विमान कम्पनीहरुहरु मध्येको धेरै जहाज भएको विमान कम्पनीले हवाई भाडादर घटाएको छ ।

नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर बुद्ध एयरले घटाएको हो । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो ।

कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो ।

यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ । नेपालमा पर्यटन व्यवसायीले डलर फेयर हटाउनु पर्ने माग गरिरहेका थिए ।

सरकारले समेत डलर फेयर हटाउने प्रयास गरे पनि सफल भने हुन सकेको छैन । कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले सुस्ताएको पर्यटन व्यवसायलाई पुनजिर्वित गर्न यो निर्णय महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार काठमाडौंबाट पर्यटकका लागि सबैभन्दा व्यस्त रुट पोखरामा अब विदेशीलाई लिइने १०६ डलरबाट ६५ अमेरिकी डलरमा झारिने भएको छ ।

यस्तो हुनेछ परिमार्जित भाडादर

  • काठमाडौं–पोखरा : ६५ डलर
  • काठमाडौं–विराटनगर : ७६ डलर
  • काठमाडौं–जनकपुर : ४२ डलर
  • काठमाडौं–सिमरा : ३० डलर
  • काठमाडौं–भैरहवा : ६५ डलर
  • काठमाडौं–धनगढी : १३८ डलर
  • काठमाडौं–नेपालगन्ज : १०२ डलर
  • काठमाडौं–भद्रपुर : ९४ डलर

सम्बन्धित खबरहरु