काठमाडौं । पछिल्लो २४ घण्टाको कोरोना संक्रमितको आँकडा आएको छ ।

थप ५९१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको विवरण बाहिर आएको हो ।

योसंगै कुल संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ६ सय ९७ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् । हालसम्म ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु