काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई सरकारले पुरस्कार गर्ने निर्णय गरेको छ ।

सरकारले जनही ५ लाख रुपैयाँ राष्ट्रिय टोलीका खेलाडीलाई र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

साफमा उपविजेता बनेको नेपाली फुटबल खेलाडीहरूलाई प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको छ, मन्त्री कार्कीले भन्नुभयो । उपविजेता बनेको नेपालले २५ हजार डलर त पुरस्कार नै जितेको छ ।

यसैगरी सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ,’ अब प्रक्रिया अघि बढ्छ ।

 

सम्बन्धित खबरहरु