गुल्मी । गुडिरहेको जीप अचानक आएको भेलले बगाएको छ । गुल्मीमा अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा जीप बगाएको हो ।

जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ ।

खोलाले बगाएको जीप खोजी कार्य जारी रहेको छ । जीप अहिलेसम्म फेला परेको छैन । बाढी अत्याधिक ठूलो थियो ।

जीप बगाएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर वर्षा भइरहेको छ ।

जिल्लाभरीका धेरै खोलाहरुले पानीको सहत किनाराबाट पार गरेका छन् । कयौ स्थानमा धानबाली नष्ट गरेको छ भने कयौँ स्थानमा पहिरोले बाटो अवरुद्ध गराएको छ ।

सम्बन्धित खबरहरु