एजेन्सी । हामी नेपाली र भारतीयहरुले बुझ्नै पर्ने यो सन्देश यहाँ प्रस्तुत गरिदैछ । विश्वमा बहुसंख्यक हिन्दु धर्मालम्बीहरु रहेका देशहरु भनेका नै अब नेपाल र भारत हुन् ।

अधिकांश देशहरुमा बहुसंख्यक रुपमा अरु नै धर्महरुले मिच्दै गइरहेको छ । यो अवस्थामापनि हामी नेपाली र भारतीयहरु भरसक विदेशी पश्चिमाहरुको सिको गर्दै त्यस्तै जीवन शैली अपनाउँन खोज्दै छौ । अर्काको नक्कल गर्दैछौ ।

तर अहिलेका पश्चिमाहरु अधिकांश पढेका भेटिन थाले । उनीहरुले सनातन जीवनशैलीका बारेमा थाहा पाउन थाले । जब उनीहरुले यो जीवनशैली थाहा पाए मानव जीवनका लागि खास जीवनशैली यही रहेछ भनेर अवलम्बन गर्न थालेका छन् ।

डाक्टर निकोलस कान्सास एकजना ग्रीक शोधकर्ता मात्र नभइकन संस्कृतका विद्वान पनि हुन् । ओमीलस मेलिटन इन्स्टीच्युटमा उनका शोधका विवरणहरु पढ्न पाइन्छ । पूर्वीय ग्रन्थ अनि दर्शनहरु कसरी पश्चिममा लोकप्रिय हुन पुगे भन्ने विषयमा उनले गरेका शोध र तथ्यहरु आजका हरेक मानवले जान्न जरुरी छ ।

पश्चिममा कसरी फैलियो सनातन ज्ञानहरु
१७ औं शताब्दी अघि आधिकारिक या प्रमाणिक रुपमा पूर्वीय संस्कारको पश्चिमा धर्तीमा पुगेको भेटिन्न । तथापि प्राचीन ग्रीक दार्शनिक प्लेटो लगायत अन्य थुप्रै पश्चिमा दर्शनमा पूर्वीय दर्शनको हुबहु उल्लेख पाइएको हुन्छ ।

भारतवर्ष अहिलेको इरान अर्थात पर्सिया संग अत्यन्त निकट रहेको छ । पर्सीयन राजा द्वारा साइकोसले सन् १६६७ मा वेद, उपनिषद् लगायतको पर्सीयन अनुवाद गरेको इतिहास छ ।

पश्चिमाहरुले पूर्वीय सभ्यता अनि रहनसहन बुझ्न पर्सीयन भाषा र सम्बन्ध प्रयोग गरेको भने प्रशस्तै उदहारण छ । युरोप र पर्सिया उ बेला देखि अत्यन्त निकट थिए ।

द्वारा साइकोसको पर्सीयन अनुवादलाई एकजना फ्रेन्च अनुवादकले ल्याटीन भाषामा अनुवाद गरेको इतिहास डाक्टर नेरिया हेब्बरले आफ्नो शोधमा उल्लेख गरेको हामीले पायौं । पश्चिमाहरुको पूर्वीय दर्शनमा ल्याटीन अनुवाद पछिका दिनमा चासो बढ्दै गएको हो ।

क्रमशः जर्मन अनुवादकहरुले आफ्ना भाषामा पूर्वीय दर्शन र ग्रन्थलाई अनुवाद गर्न थाले । अहिले पनि संस्कृत अनि पूर्वीय दर्शनमा जर्मनले बिशेष दर्शनलाई अङ्ग्रेजीमा फिलोसोफी भनिन्छ जुन ग्रीक शब्द फिलोसोफीया बाट आएको हो र यसको अर्थ ज्ञान प्रतिको माया भन्ने हुन्छ ।

जर्मनका दार्शनिक स्कोपेनहुरले ल्याटीन भाषाको उपनिषद् पढेपछि आफू स्वयम उपनिषद्को अनुयायी भएको बताएका हुन् । १८ औं र १९औं शताब्दीमा अन्य विभिन्न जर्मन दार्शनिकहरुले उपनिषद् र वेदको व्याख्या गरेका इतिहास छन् ।

युरोपमा सनातन दर्शनको सुरुवातमा जर्मनलाई प्रथम दैलोका रुपमा मान्न सकिन्छ । सन् १८९३ मा स्वामी विवेकानन्दको अमेरिका यात्रा पूर्व नै अमेरिकी कविहरु राल्फ एमरसन, वाल्ट ह्वीटम्यान र हेनरी डुविडका कविताहरुमा उपनिषद्का ज्ञान र प्रतिबिम्ब पाइएको छ ।

ईशापूर्व ३२६ मा एलेक्जेन्डरको भारतवर्षमा भएको प्रवेश संगै पूर्वीय संस्कारको ग्रीक तटमा हुने प्रवाह सुरु भएको मानिन्छ । यो कुरा केही हदसम्म सत्य पनि मानिन्छ किनभने पूर्वी तटबाट पश्चिममा भएको ज्ञानको प्रवाहको प्रशस्त उदाहरणहरु छन् ।

पाणिनि क्रृषिको अष्टोध्यायबाट प्रभावित भएर पाइथागोरसले प्रतिपादन गरेका थीयोरमहरु त अहिले पनि हामीले घोकेका छौं नि । पाइथागोरस विश्वमा सर्वत्र चर्चामा रहँदा पाणिनि चाँही को हो को हो नै भएका छन् तर सत्य के हो भनें ज्ञानको प्रवाह पश्चिममा पूर्वबाटै भएको हो ।

सन् १७८४ मा चाल्र्स विल्कीन्स नामक शोधकर्ताले भागवत गीतालाई सम्पूर्ण रुपमा अङ्ग्रेजीमा अनुवाद गरेका थिए भने महाभारतको अनुवाद भने यिनले पुरा गर्न नपाएको बताइन्छ । क्रमशः पश्चिममा पूर्वी प्रभाव बढ्दै गयो ।

यसरी सरल अङ्ग्रेजीमा भागवत गीताका अनुवादहरु पाएपछि सुस्तरी पश्चिममा पूर्वीय ग्रन्थ र दर्शनहरुले स्थान र अनुयायी पाउन थाल्यो । १८ औँ शाताब्दीको अन्त्यमा स्वामी विवेकानन्द, त्यस पश्चात ओशो, इस्कनका प्रभुपादा लगायतले पश्चिममा पूर्वीय दर्शनलाई थप जोड दिए ।

अहिले पश्चिमका अधिकांश देशमा पूर्वीय संस्कार अनि मठ मन्दिर लगायत विभिन्न परम्पराहरुको बोलवाला पाइन्छ । अमेरिकी कवि इमरसनले त ब्रह्मा नामक कविता नै लेखेका छन् जुन अङ्ग्रेजीमा छ ।

उपनिषद्को इतिहास पश्चिममा धेरै पुरानो त छैन तथापि अहिले हाम्रो पूर्वीय दर्शन अनि सभ्यताले पश्चिमका करोडौंहरुको मन जितेको छ । धेरै कलाकार अनि संगीतिज्ञहरु पूर्वीय सभ्यता र दर्शनको खुलेर तारिफ गर्दछन् । मुख्यतया आत्माको उच्चता एवं अमरता, सत्कर्मको फल अनि पवित्रताका आधारहरु पश्चिममा प्रचलित र लोकप्रिय हुँदै गएको छ ।

पूर्वमा भने हामी मन्दिर दर्शन या पूजापाठ गर्न लाज मान्दछौं, दुई हात जोडेर आँखा चिम्लदा आफ्नो हदै सम्मको मानहानी भएको मान्दछौं तर पश्चिममा भक्ति र योग अभ्यासको बडो चर्चा चलेको अवस्था छ ।

मानिस दर्शन अनुरुप जिउँछ र दर्शन विशाल र सर्वव्यापी हुन पर्दछ जुन पूर्वीय सभ्यता र सनातन प्रयोगमा छ । सनातन संस्कार एउटा दर्शन हो जहाँ धर्मलाई गौंड विषयमा हेरिन्छ । विश्वले सनातन संस्कार र दर्शनबाट शान्तिको मार्ग पहिल्याउन सकोस् ।

 

सम्बन्धित खबरहरु