काठमाडौ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयनमा नेताहरुको चरम असन्तुष्टी बढेको छ ।

केन्द्रीय सदस्य चयनमा विधि र पद्धतीको कुरा गरिए पनि त्यसअनुसार नभएको भन्दै असन्तुष्टी देखिएको हो । उनीहरुले पार्टी जतिबेलापनि ब्लाष्ट हुने चेतवानी समेत दिएका छन् ।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केन्द्रीय कमिटी गठनमा असन्तुष्टी जनाउनुभएको छ । उहाँले फेसबुकमार्फत आक्रोश पोख्नुभएको छ ।

एकीकृत समाजवादीमा सबै जनसंगठनका प्रमुखलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय भए पनि अनेरास्ववियूबाट केन्द्रीय कमिटीमा समेटिएका छैनन् ।

अरु जनसंगठनबाट केन्द्रीय कमिटीमा लगिएको र अनेरास्ववियूका अध्यक्षको हैसियतमा आफूलाई केन्द्रीय कमिटीमा नसमेटिएपछि उहाँले असन्तुष्टी जनाउनुभएको हो ।

त्यस्तै अनेरास्ववियूमा लामो समय योगदान दिएका व्यक्तिहरु केन्द्रीय सदस्य नबनाइएको र संगठन नै नबुझेकालाई कमिटीमा लगिएको उहाँको दावी छ ।

“जसले संगठन नै बुझेको छैन । सांगठनीक संरचना विधि पद्धती नै बुझेको छैन त्यस्ता व्यक्तिलाई केन्द्रीय कमिटीमा छनोट गरियो,” पराजुलीले भन्नुभयो,“ अनेरास्ववियूमा रहेर लामो समय योगदान गरेको पनि कमिटीमा समेटिएको छैन ।

संगठन नै नबुझेकालाई लगेर विधि, पद्धति मिच्न मिल्दैन ।” अब पार्टीमा जतिबेलापनि ब्लाष्ट हुन्छ उहाँले भन्नुभयो । यति मात्र हैन । पार्टी सचिव रामकुमारी झाँक्री नै चरम असन्तुष्ट रहेको श्रोतको दावी छ ।

सचिव पद भएरपनि पार्टीभित्र केही जिम्मेवारी नदिएकोमा उहाँको दुखेसो छ । सबै कमरेडहरुले मन्त्री भएपनि पार्टी भित्र जिम्मेवारी पाउनुभएको छ ।

मलाई कुनै जिम्मेवारी दिइएन । सरकारमा त आलोपालोमा जाने कुरा पहिले नै भएको हो । अब यस्तो हुँदा भोलि मेरो मन्त्री पद जाँदा मैले के गर्ने भन्दै नेताहरुसँग उहाँले गुनासो गरेको श्रोतको दावी छ ।

 

सम्बन्धित खबरहरु