काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना भएको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेपछि अहिले सडक अवरुद्ध भएको छ ।

अहिले कयौँ सवारीसाधन बीच बाटोमा नै रोकिएको थानकोट प्रहरीले जनाएको छ । बाटोमा केही किलोमिटर नै सवारी थुप्रिएको देखिन्छ ।

गएराती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।

बाटो खुलाउने प्रयास भइरहेको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ । ट्यांकर उठाउन क्रेन नै लैजानुपर्ने भएको र आसपासका बाटाहरु ठूलो जाममा परेका कारण समस्या भएको ट्राफिकले जनाएको छ ।

सरोकारवाला निकाय परिचालन त भइसकेको छ तर क्रेन लैजान नै समय लाग्ने देखिन्छ ।

दशैँ मानेर फर्किनेहरुको मुख्य दिन नै आज भएकाले बाटोमा ठूलो समस्या भएको प्रहरीको भनाई छ । हामी कोसिस त गरिरहेका छौ तर अझै समय लाग्ने देखिन्छ ।

 

सम्बन्धित खबरहरु