काठमाडौ । बलिउड कलाकार अनुपम खेरले यसपटक लामो समय नेपालमा बिताएका छन् ।

चलचित्र सुटिङका लागि उनी नेपाल आएर सगरमाथाको फेदीमा धेरै दिन बिताए ।

सोलुखुम्बुको नाम्चे बजारमा बस्दा घुमघाम र चलचित्र छाँयाकनमा समय बिताए । हेलिकोप्टरबाट काठमाडौं फर्कदै गर्दा अनुपम खेरले काभ्रेको अग्लो शिव प्रतिमा देखे । उनले पाइलटलाई त्यसतर्फ हेलिकोप्टर मोड्न लगाए ।

हेलिकोप्टरले शिव प्रतिमालाई फन्को मार्यो । त्यतिञ्जेल अनुपव खेरले भिडियो बनाए । उनले ट्वीटरमा उक्त भिडियो राखेका छन् ।

ट्वीट गर्दै अनुपम खेरले लेखेका छन्ः शिवसँग सबैका लागि प्रार्थना गर्छु । ठूलो स्वरले भन्छुः ओम नम शिवाय । जय भोलेनाथ । नेपाल । उचाई ।

सोलुखुम्बुमा महानायक अमिताभ बच्चनपनि आएका छन् । सगरमाथाको फेद सोलुखुम्बुमा भारतीय चलचित्रको छायांकन भएको छ । चर्चित कलाकारहरु त्यहाँ पुगेका छन् ।

उनीहरुले नेपाललाई विश्वको सर्वोत्कृष्ट भूमि भनेका छन् । प्रकृती देवीले छटा फिजाएको देश भन्दै प्रशंसा गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु