काठमाडौ । राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक करणी गरेको छ ।

कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक करणी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो ।

‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक करणी गरेको पुष्टि भएको छ,’ उनले भने । करणी हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।

प्रहरीका अनुसार करणी गर्ने एक जना र करणी हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो ।

चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् ।

त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक करणी गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जनालाई पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु