एनेन्सी । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ ।

कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको हो ।

उनले पूर्ण खोप लगाएका थिए । पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासन कालमा उनी विदेशमन्त्री नियुक्त भएका थिए ।

पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले सन् २००२ को १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेटेका थिए ।

इराक युद्धमा समर्थन जुटाउने क्रममा उनी विवादमा तानिएका थिए । रिपब्लिकन दलमा आबद्ध हुनुअगाडि पावेल पूर्व उच्च सैनिक अधिकारी पनि थिए। पावेल अफ्रिकी मूलको अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

 

सम्बन्धित खबरहरु