काठमाडौ । किसानका बाली नष्ट हुनु भनेको उनीहरुको मात्र गास खोसिनु हैन । किसान कर्म नगरेपनि अरु कर्म गरेर पैसा आर्जन गर्ने र किसानबाट सिता किनेर गास खानेहरुपनिको अन्न खोसिएको हो ।

अहिले किसानले खतमा बगाइरहेका आँशुले हामी सबैलाई स्तब्ध बनाएको छ । अधिकांश स्थानमा धान काटेर उठाउने बेला भएको थियो ।

कति खेतहरुमा धान काटेर राखिएको थियो । काटेको डुबाएन मात्र बाकेको धान बालासम्म पानीले डुबेर खेतमा नै सोतर बनेको छ । उठाउन मिल्ने अवस्था नै छैन । यो बर्षको यतिबेलाको बर्षाले हामी नेपालीको गास खोसेको छ ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी तराई, मध्य तराई र सुदूरपश्चिम प्रदेशमा बाढी र डुवानले कयौं क्षेत्रमा धान बाली डुबेको छ । केही स्थानमा धान बगाएर लगेको छ भने केही स्थानमा बाढीको लेदोले पुरेको छ ।

निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान फेरी उठानै नमिल्नेगरी नष्ट भएको छ ।

धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।

कञ्चनपुर, नेपालगञ्ज, बाँके, भैरहवा, चितवन, बर्दिबास, सप्तरी देखि झापा सम्म नै धानबाली डुबेको छ । तस्वीर हेर्दा नै जो कोही भावविह्ल बनिन्छ ।

सम्बन्धित खबरहरु