काठमाडौ । नेपाली सेयर बजार सोच्नै नसक्नेगरी गिरेको छ । वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाले नकरात्मक असर देखिएको विश्लेषकहरुको भनाई छ ।

वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको हो ।

बजारमा तरलताको अभाव भइरहँदा वाणिज्य बैंकहरुले निक्षेपकर्ताको रकम तान्न निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याइसकेका छन् । हिमालयन, एनआईसी र लक्ष्मी बैंकले निक्षेपको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याइसकेका छन् ।

निक्षेप ब्याज बढेपछि स्वभाविक रुपमा कर्जाको ब्याज उकालो लाग्छ । जसकारण, धेरै कर्जा लिएर सेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ ।

घट्दो बजारमा बैंकको उच्च ब्याज तिर्नुपर्ने डरले लगानीकर्ताको मनोबल हतोत्साहित हुँदा बजार साँढे १ बजेसम्ममा १०१ः९२ अंकले घटिसकेको छ ।

यस अवधिसम्म २ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ५९ लाख कित्ता सेयर किनबेच भएको छ ।

सम्बन्धित खबरहरु