काठमाडौ। लगातारको वर्षाका कारण आएको पहिरोमा परी मृत्यु हुनेहरुको विवरण आउन थालेको छ । पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

अर्की एक बच्चा पाउने महिला पहिरोले बाटो छिकिँदा अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको छ ।

डडेल्धुरा अस्पताल लैजान लगिएकी सुत्केरी महिला अस्पताल जाँदा पहिरोले बाटो छेक्यो । अस्पताल नपुग्दै बाटोमै उनको निधन भयो ।

गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक–एक जनाको मृत्यु भएको हो भने एक–एक जना घाइते भएका हुन् ।

अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ ।

अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए ।

च्यापिएको अवस्थामा दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको भएपनि विष्णु अवस्थीलाई चिकित्सले मृत घोषणा गरेका थिए । सरिताको भने सोही अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खबरहरु