काठमाडौ । चन्द्रागिरी नगरपालिका-११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-६ घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

झापा । बिर्तामोड नगरपालिका–९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम ब्राउनसुगर र डिजिटल तराजु सहित बिर्तामोड नगरपालिका–९ बस्ने ३४ वर्षीय जगदिश ओलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । उनी उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित खबरहरु