काठमाडौ । चितवन, ईलाम, सुनसरी, कास्की र बाँके लगायतका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा प्रदेश नम्बर २-०३-००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाम, माइजोगमाई गाउँपालिका-२ घारेगाउँस्थित सडकमा को.१ त ६८९० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ सोयाङ बस्ने ५० वर्षीया मनमाया राईको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, कोशी गाउँपालिका-३ स्थित सडकमा प्र.३-०१-०२४ च ४२६७ नम्बरको गाडीले को.५ प ७९१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रमधुनी नगरपालिका-१ सैनिमैनी बस्ने २४ वर्षीय विशाल चौधरीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय रोहित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा शान्ति चोकमा ग.३ च ४९२२ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने म्याग्दी घर भएका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकमा बा.१४ च १३८७ नम्बरको गाडीले भे.८ प ७८०४ नम्बरको मोटरसाइकल र एक साईकललाई ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अर्जमान ईद्रिसीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक र साईकल चालकको सोही नर्सिङहोमना उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ, मर्स्याङदी गाउँपालिका-३ हाईस्कुल डाडास्थित सडकमा ग.१ त ५५६५ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक दोर्दी गाउँपालिका-४ शेरा बस्ने २१ वर्षीय मन बहादुर गुरुङको मृत्यु भएको छ । उक्त ट्याक्टरमा फलाम लैजाने क्रममा ओरालोमा फलाम अगाडि जाँदा फलाममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-१६ जालपा पेट्रोल पम्पस्थित सडकमा को.४ प ६८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई प्रदेश नम्बर १-०२-००३ ह ३०७८ नम्बरको सिटि सफारीमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनी नगरपालिका-१ बस्ने २२ वर्षीय मुकेश सरदारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट, किस्पाङ गाउँपालिका-५ मानेगाउँस्थित सडकमा बा.४ ख ५७६२ नम्बरको बस अनियन्त्रित भई नालीमा पल्टीएर दुर्घटना हुँदा किस्पाङ गाउँपालिका-५ घर भएका ३३ वर्षीय रमेश तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली हुँदै ग्राण्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य ३६ जनामध्ये २८ जनाको जिल्ला अस्पताल त्रिशुली, १ जनाको ग्राण्डी अस्पताल काठमाडौं र ७ जनालाई ग्राण्डी अस्पताल हुँदै थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी, मध्यविन्दु नगरपालिका-१० अरुणखोला र दुम्किबास बीचमा लु.१ ख ९४७६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ४३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३९ जनाको जिल्ला अस्पताल मध्यविन्दु डण्डा र ४ जानको स्थानीय दुम्किबास पोलिक्लिनिकमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले घाइतेहरुको उद्दार गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।