सुनसरी । बाढी र पहिरोमा परी प्रदेश १ मा मात्र २२ जनाको मृत्यु भएको विवरण आएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ । क्षतिको विवराण संकलन भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु