रोल्पा । रुन्टिगढी गाउँपालिका–१ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर लगायत १३ जनालाई गोरु काटेर भाग लगाएको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काटेर भाग लगाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको ज्यान लिइएको अभियोगमा श्रीमान पक्राउ

सल्यान । आफ्नै श्रीमती ४२ वर्षीया कली खड्काको ज्यान लिइएको अभियोगमा कुमाख गाउँपालिका–५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण मदिरा सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रयोग गरी उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु