काठमाडौ । खोलाको बाढी छिरेर प्रभावित बनेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा प्रदायकहरुलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको हो । सोही अनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानहरु समेत रद्द गरेका छन् ।

यसअघि बुधबारका लागि निर्धारित उडानहरुसमेत रद्द गरिएका छन् । यो विमानस्थल नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिन्छ ।

यता, विमानस्थलमा बाढी पस्दा सोही विमानस्थलमा रोकिएका दुई जहाज समेत विराटनगरमै अड्किएका छन् । बुद्ध एयरको एक जहाज र श्री एयरलाइन्सको एक जहाज विराटनगरमा रोकिएका छन् । ती जहाज समेत अब बिहीबार साँझ ५ बजेसम्म रोकिने भएका छन् ।

विमानस्थलमा अहिले मान्छेको कम्मर, कम्मर आउँने पानी बगिरहेको छ । पानी आउनेक्रम रोकिएको छैन । विमानस्थलमा नै लेदो बसेका कारण भोली त्यसलाई हटाएर मात्र विमान अवतर गर्न दिइनेछ ।

 

सम्बन्धित खबरहरु