बझाङ। बझाङको खप्तड छन्ना गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी ४ जनाको मृत्‍यु भएको छ ।

जिल्लाको खप्तडछन्ना गाउँपालिका–५ मा गएको पहिरोमा परी स्थानीय ४५ वर्षीय बिरु गिरी र उनकी श्रीमती ३५ वर्षीय चन्द्रादेवीको मृत्यु भएको छ ।

त्यस्तै खप्तडछन्ना गाउँपालिका–६ मा गएको पहिरोमा परी ४९ वर्षीय धनराज जोशी र ६८ वर्षीय रने आग्रीको मृत्‍यु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

यस्तै बझाङकै थलारा गाउँपालिका–४ मा मंगलबार गएको पहिरोमा परी २३ जना बेपत्तामध्‍ये दुईजनाको लाश भेटिएको छ । लाशको पहिचान भने भइनसकेको प्रजिअ अधिकारीले बताउनुभयो ।

अबिरल बर्षाका कारण सुदुपश्चिमका पहाडी जिल्लाको सञ्चार, विद्युत र इन्टरनेट अबरुद्ध छ । यसकारणपनि कति क्षति भएको छ भन्ने एकिन हुन सकेको छैन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु