काठमाडौ । विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि ठूलो संख्यामा खोज तथा उद्दार कार्य संचालन गरेको छ । सेनाहरुले आफ्नो जीवन नै जोखिममा राखेर भएपनि कयौँ नागरिकको ज्यान बचाएका छन् ।

महाकाली नदीमा आएको बाढीका कारण कञ्‍चनपुर जिल्ला, भिमदत्त नगरापालिका वडा नं.९ स्थित ब्रमदेव इलाका डुवानमा परी ५ जना स्थानीयवासीहरु डुवानमा फसेको हुँदा निजहरुको सकुशल हवाई उद्दार गरी सुरक्षित स्थानमा लगेको छ ।

सोही जिल्ला स्थित दोधारा चादनी नगरपालिका वडा नं. ८, ९ र १० तथा भिमदत्त नगरपालिका वडा नं. ११ र १२ डुवानमा परेकाले सो ईलाकामा बसोबास गर्ने स्थानीयवासी तथा खाद्यान्नलगायतका सामग्रीहरुलाई उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको ।

यसैगरी कर्णाली नदीमा आएको बाढीका कारण कालिकोट जिल्ला स्थित लालिघाट र जितेगडा बजार ईलाकामा रहेका केही पसलहरुमा क्षति पुगेकोले पसलमा रहेका सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको ।

सोही जिल्ला स्थित महाबै गाँउपालिका वडा नं.७ राम्नी ईलाकामा पहिरोका कारण १ घर पुरिएको तथा करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीय जोखिममा रहेको हुँदा उद्दार कार्यमा परिचालन भएको छ ।

.बैतडी जिल्ला, दशरथचन्द नगरपालिका वडा नं. ४ मा पहिरो गई स्थानिय व्यक्तिको घरमा क्षति पुगेकोले उक्त पहिरो पञ्छाई घर नजिकै रहेको रिठ्ठाको रुख ढल्ने जोखिममा रहेकोले उक्त रुख काट्न सहयोग गरेको ।

बझाङ्ग जिल्ला, जयपृथ्वी नगरपालिका वडा नं. ३ स्थित पणेश ईलाकामा पहिरो गई स्थानियको घरहरुलगायत माछा पोखरी तथा कुखुरा फर्म जोखिममा रहेकोले उक्त घरहरुमा रहेका सामानहरु तथा पशुपंक्षिहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको ।

डडेलधुरा जिल्ला, अमरगढी नगरपालिका वडा नं. १ स्थित भातकाडा इलाकामा पहिरोका कारणले स्थानिय ब्यक्तिहरुको घर पुरिएको हुँदा उद्दार कार्यमा खटिएको टोलीहरुले घाईतेहरुलाई अस्पताल लगेको छ ।

कैलाली जिल्ला, टिकापुर नगरपालिकामा कर्णाली नदीले तिब्र रुपमा कटान शुरु गरेकोले सो नगरपालिकाका वडा नं. ५, ६, ७ र ८ का साथै भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश स्थानहरु डुवानको उच्च जोखिममा रहेको हुँदा कटानलाई तत्काल रोक्न तटबन्ध मर्मत तथा उद्दार कार्य गरेको छ ।

बर्दिया जिल्ला, राजापुर नगरपालिका वडा नं. १, २ र ३ का डुवानबाट प्रभावित इलाकाहरुमा उद्दार कार्य गरेको छ ।

डोटी जिल्ला, दिपायल सिलगढी नगरपालिका वडा नं. ४, ५ र ६ मा पहिरो तथा अविरल बर्षाका कारण स्थानीयवासीहरुको घर भत्किएको हुँदा पुरिएका घरहरुमा रहेका खाद्यान्न, लता कपडालगायत अन्य सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।

सुनसरी जिल्ला, ईटहरी उपमहानगरपालिका, तरहरा, पानीपिया इलाकामा बस्ती डुवानमा परि स्थानीय व्यक्ति फसेको हुँदा फसेका ५ जना व्यक्तिहरुको सकुशल उद्दार गरि सुरक्षित स्थानमा लगेको ।

मोरङ्ग जिल्ला, विराटनगर–५ हिरियाटोल डुवानमा परेको हुँदा करिब ५० जनाको उद्दार गरी सुरक्षित स्थानमा लगेको छ ।

सेनाले पाँचथर जिल्ला, फिदिम नगरपालिका ४, जोरसाल इलाकामा पहिरोका कारण १ घर पुरिदा मृत्यु भएका २ जना मृतकको लाश निकाल्न सहयोग गरेको छ ।

धनकुटा जिल्ला, चौविसे गाँउपालिका वडा नं. १ मा पहिरोका कारण १ घर पुरीदा ४ जना बेपत्ता भएको हुँदा बेपत्ता ३ जनाको सकुसल उद्दार गरी बाँकी १ जनाको खोजी कार्य गरिरहेको सेनाले जनाएको छ ।

https://youtu.be/YxxUizF2wYU

 

सम्बन्धित खबरहरु