नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल बाँसखोलास्थित सडकमा लु.१ ख ७९८५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् ।

नारायणघाटबाट बुटवल तर्फ जाँदै गरेको उक्त बस दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल बर्दघाट पठाएको छ ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु