एजेन्सी । प्राणीका लागि पानी जिन्दगानी हो । पानी पिउँनु आफैंमा स्वास्थ्यका लागि लाभदायक हुन्छ । हामीलाई लाग्ने भन्दै धेरै रोगहरु पानीका कारण लाग्ने गर्दछन् त्यसैले ध्यान दिन जरुरी छ ।

यति मात्र हैन मिलाएर पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । तर खाली पेटमा पानी पिउँनु स्वास्थ्यका लागि अति नै धेरै राम्रो हुनेछ ।

अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो ।

वरिष्ठ पेट रोग तथा कलेजो रोग बिशेषज्ञ डा. संदीप राज कुवँर यदि मानिस स्वस्थ रहने हो भने पेटलाई स्वस्थ राख्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ मानिसका अधिकांश रोग खानपानबाटै उब्जिन्छन् ।

खानपानको पहिलो घर भनेको पेट हो । पेटलाई नै सबै कुरामा बचाउने हो भने अधिकांश प्राणघातक रोगबाट बच्न सकिन्छ । पेट स्वास्थ्यका लागि बिहानैको मनतातो पानी अमृत समान हुन्छ । यसैले पानी पिउन जान्नुहोस् भन्ने उहाँको सुझाव छ ।

खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो । प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ ।

खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त हुने बताइएको छ तर गर्मीमा सामान्यतया तातो भन्दा ठिक्क चिसो पानी पिाउन सुझाव दिइन्छ । हामीले कहिले पनि ज्यादै चिसो पानी पिउनु हुँदैन । आउँनुहोस् बिहान उठ्दा पानी पिउदा हुने चमत्कारिक लाभहरु ।

आन्द्रामा फ्लस : खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ । तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ ।

शरिरका विकार फालिदिन्छ : तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ ।

भोक बढाउछ : नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने रु खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ ।

टाउको दुख्नबाट बचाउछ : मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ ।

कोलोन सफा गर्छ : पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ । तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ ।

मेटाबोलिजमलाई तीब्र पार्छ : यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो । पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुहुन्छ । जसका कारण छोटो समयमा नै तौल घट्छ ।

उर्जा बढाउछ : यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।

अनुहारको छालामा चमक ल्याउछ : खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ : समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु