सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका निम्ति टिकट माग्नेहरुले खुलेरै पैसाको अफर गरेको खुलासा गर्नुभएको छ ।

उहाँले चुनाव आकांक्षीहरु आफ्नो सम्पर्कमा आउन थालेको बताउदै रकम नै तयार गरेको भन्ने गरेको उहाँको खुलासा छ । उहाँले रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरू आउन थालेको खुलाउनुभएको हो ।

‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ अध्यक्ष यादवले राजविराजमा आयोजना गरेको सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रमलाई बुधबार राति सम्बोधन गर्दै भन्नुभयो, ‘ कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।’

गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उहाँले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको स्पष्ट पार्नुभयो ।

कुन जनप्रतिनिधिलाई चयन गर्‍यौं जनतालाई त्यो पनि थाहा नहुनु विडम्बना भएको उहाँले भनाई छ । ‘जनता जागरुक बन्न जरुरी रहेको उहाँको बुझाई छ ।

यो सोचको चुनावमा परिणाम के होला ? भन्ने प्रश्न गर्दै उहाँले यसमा करेक्सन हुनु जरुरी रहेको धारणा राख्नुभयो । ‘किन १० करोड लगाउँछ ? राजनीति किन गर्छ ?’ उहाँले भन्नुभयो, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्‍थ्यौं ।

लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्यापार भयो । पेशा रहेन् ।’ उहाँले देखेसो पुख्नुभएको थियो ।

सम्बन्धित खबरहरु