काठमाडौं । कार्तिक महिना सबै महिनाहरु मध्ये सबै भन्दा राम्रो महिना मानिन्छ । यो महिनाले पापहरुलाई नष्ट गर्दछ र सबै समस्याहरु लाई हटाउँछ । कार्तिक महिना धन, सुख, समृद्धि, शान्ति र स्वास्थ्य प्रदान गर्दछ । यो महिनामा भगवान शिवका पुत्र कार्तिकेयले राक्षस तारकासुरको वध गरेका थिए भन्ने विश्वास रहँदै आएको छ ।

त्यसैले यस महिनाको नाम कार्तिकेय राखिएको हो । कार्तिक महिना भगवान श्री हरि विष्णु र भगवान शिवका लागि विशेष गरी प्रिय रहेको छ । यस महिनामा गायत्री मन्त्रको जप गर्दा भाग्य राम्रो हुन्छ । कार्तिकमा पवित्र नदीहरुमा स्नान गर्नुको विशेष महत्व छ ।

धार्मिक मान्यता अनुसार यो महिनामा हरि भगवान पानीमा मात्र बास गर्छन् । यो महिना दीप दान अवरश्य गर्नुहोस् । सबै प्रकारका समस्याहरु दीप दान गरेर समाप्त पार्न सकिने विश्वास गरिन्छ । यस्तो गर्नाले ऋणबाट मुक्ति पाउन सकिन्छ । कार्तिकमा भुइँमा सुत्ने गर्नाले मनमा सात्विकताको भावना आउँछ ।

भुइँमा सुत्ने गर्नाले सबै रोग र विकारहरु मुक्त हुन सकिन्छ । तुलसी पूजा पनि यस महिना गर्नु पर्छ । उडद, मूंग, दाल, चना, मटर, तोरी आदि कार्तिक महिनामा खानु हुदैन ।

कार्तिक महिनामा ब्रह्मचर्य पालन गर्नु धेरै महत्त्वपूर्ण छ । यो महिनामा कम बोल्नुहोस्, कसैको आलोचना वा विवाद नगर्नुहोस्, आफ्नो दिमागलाई संयम राख्नुहोस्, धेरै सुत्ने वा कम सुत्ने पनि नगर्नुहोस् ।

यस महिनामा दान गर्दा धेरै लाभ प्राप्त हुन्छ । कार्तिक महिनामा तुलसी र सूर्यदेवलाई पानी चढाउनुपर्छ । रामायण, भागवत गीताको अध्ययन पनि राम्रो हुन्छ ।

कार्तिक महिनामा तिल दान, नदी स्नान, साधु पुरुषहरुको पूजा गर्दा धेरै समस्याहरुबाट मुक्ति पाउन सकिन्छ । तुलसीको बिरुवा कार्तिक महिनामा दान गर्ने गरिन्छ । यस महिना जनावरहरुलाई हरियो घाँस खुवाउनुहोस् ।

सम्बन्धित खबरहरु