बेइजिङ । सारा दुनियाँका लागि खुशीको खबर आएको छ । चिनियाँ औषधि कम्पनी क्यानसिनो बायोलोजिक्सले श्वासबाट लिन सकिने एउटा नयाँ किसिमको कोरोनाविरुद्धको भ्याक्सिन विकसित गरेको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार बुस्टर डोजका रूपमा प्रयोग गर्दा यो भ्याक्सिनले एन्टिबडीको स्तरलाई २५० देखि ३०० गुणासम्म बढाउने यसको निर्माता कम्पनीको दाबी छ ।

चिनियाँ औषधि कम्पनी क्यानसिनो बायोलोजिक्सले हालै गराएको ल्याब अध्ययनमा यो बुस्टर डोज कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज लिएको ६ महिनापछि अत्यधिक सुरक्षित र प्रभावकारी पाइएको बताइएको छ ।

अहिले सामान्य कोरोना भ्याक्सिनलाई बुस्टर डोजका रुपमा रूपमा प्रयोग गर्दा एन्टिबडीको स्तर तीन सय गुणा बढ्ने कुरा बताइँदै आएको छ ।

अध्ययनअनुसार, कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज लिएको ६ महिनापछि एयरोसोलका रुपमा श्वासबाट लिइने एडिनोभायरस टाइप–फाइभ वेक्टरमा आधारित भ्याक्सिन एडिफाइभ–एनकोभ प्रयोग गर्नु पूर्ण सुरक्षित छ ।

क्यानसिनो बायोका को–फाउन्डर तथा चिफ साइन्टिफिक अफिसर झु ताओले टर्कीमा गराइएको अध्ययनको दाबी दिँदै बताएअनुसार यो बुस्टर डोजको प्रयोग पश्चिमी देशमा व्यापक स्तरमा गरिएको थियो ।

हालसालै चीनमा सिनोभ्याक बायोटेकको कोरोनाविरुद्धको भ्याक्सिन तीन वर्ष सम्मका बालबालिकाहरुलाई दिन सकिने गरी आपत्‌कालीन अनुमति पनि प्रदान गरिएको थियो । तीन वर्षसम्मका बालबालिकाहरुले लगाउने यो संसारकै पहिलो अनुमति प्राप्त भ्याक्सिन हो । –आईएएनएसबाट

सम्बन्धित खबरहरु