काठमाडौ । न्यादी हाइड्रोपावरको आईपीओ भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ । न्यादी हाइड्रोपावरको आईपीओमा मागभन्दा बढी आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

२३ लाख ५७ हजार १६६ जनाले दुई करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो ।

यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

 

सम्बन्धित खबरहरु