काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु. ९१ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु. ९१ हजार २०० मा कारोबार हुनेछ । बुधबार प्रतितोला रु. ९० हजार ९०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु. २५ ले बढेर आज रु. एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला रु. एक हजार २३५ मा कारोबार भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु