अश्विन पूर्णिमाको दिन देखि बनारस / वणारसीको भागीरथी गंगा घाटमा आकाश बत्ती बालिन्छ । यो दिन आकाशमा पूर्ण जुन जति चम्किलो देखिन्छ त्यसरी नै माता भागीरथी गंगाको माथी कृत्रिम आकाश बत्तिहरु चम्किएका हुन्छन् ।

पितृहरुको सम्झनामा बाँसका स्तम्भहरुमा श्रद्धाञ्जली लेखिन्छ र बाँसको टोकरीमा बडो श्रद्धापूर्वक तारले बाँधेर आकाश तर्फ पुर्याइन्छ ।

यसरी भागीरथी गंगा माताको किनारमा आकाश बत्ती बाल्दा आफ्ना पितृहरुको आत्माको बाटो उज्यालो बनाउने धार्मिक विश्वास छ ।

जो परलोकको पुण्य मार्गमा हिडिररहनुभएको छ यो कार्यले उहाँहरुको बाटो उज्यालो भयो। उहाँहरु सजिलै स्वर्गमा बास बस्न पुग्नुहुन्छ । पितृको उद्धारले घरमा सुख, शान्ति, सौभाग्य प्राप्त हुन्छ । महाभारतको भीष्म पर्वमा दीप दानको महत्वको बारेमा बर्णन गरिएको छ ।

कुनै कलह छ भने सजिलै छुटकारा पाइन्छ । यसैले मानिसहरुले जीवनमा एक पटक गर्नैपर्ने कार्य मध्येको योपनि एक हो ।

अश्विन पूर्णिमा देखि कार्तिक पूर्णिमासम्म आकाशदीपको विशेष महत्व छ । भारत र नेपालका प्रहरी, सेनाका वीर शहीद सैनिकहरुको सम्झना आकाशदीप बाल्न उच्च अधिकारीहरु त्यहाँ पुग्छन् ।

बुधवार, दशाश्वमेध घाटमा गंगोत्री सेवा समितिको तर्फबाट पुलिस र सेना र मुलुकको मुक्तिका खातिर शहीद बन्नुभएका महान सहीदहरुको लागि आकाशदीप बालिएको थियो । यो क्रम अझै केही दिनसम्म चलिरहनेछ ।

पाँच ब्राह्मण आरती र षोडशोपचारमा माता भागीरथी गंगा को पूजा गर्दै आकाशदीप बालेको खण्डमा मन शान्ति हुनेछ ।

माता भागीरथी गंगाको पवित्र धारामा शान्ति पाठको बीच बडो भक्तिपूर्वक पण्डितहरुले बत्ती बालिदिनुहुन्छ । त्यहाँ पुग्न नसक्नेहरुले फोनबाट दक्षिणा, भेटी पठाएर गुरुहरुबाटपनि आकाशदीप बाल्ने चलन छ ।

कार्तिक महिनामा भागीरथी गंगाको घाटमा बालिने आकाशदीप सन्तानले आफ्ना पूर्खाहरुका लागि कति श्रद्धा गरेका छन् भन्नेपनि हो ।

त्यो ज्योति जति उज्यालो छ सन्तानको बाँकी भविष्यपनि त्यति नै उज्यालो हुनेछ भन्ने संकेतपनि आकाशदीपले गर्दछ । यसैले पितृको उद्धार मात्र हैन आफ्नो पराक्रमका लागिपनि आकाशदीप बाल्न जरुरी छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु