काठमाडौ । चर्चित अभिनेत्री करिस्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले अब एमालेमा प्रवेश गरेर राजनीति अघि बढाउने विचार व्यक्त गर्नुभएको छ ।

सहीपनि एमाले मैपनि एमाले केपी बा भन्दै उहाँले बालकोटमा आफू एमालेमा आउन तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नजिक बसेर विविध विषयमा उहाँको विचारहरु सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनु भएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओली ज्यूलाई धेरै धन्यवाद ।

उहाँले आफू एमालेमा आउन तयार रहेको बताएपछि ओलीलेपनि कुन क्षेत्रबाट चुनाव लड्ने हो तयारी गर्नु भन्नुभएको छ । तपाईहरु जनताको मन जितिसकेको मान्छे हो तर अब पार्टी र संगठनलाई समय दिनुपर्छ ।

टिकट लिनमात्र हो भने नजिक नहुनुहोस् । पार्टीलाई समय दिएर अब जनताको सेवा गर्छु भन्ने भावना हो भने पार्टीमा समेत स्थान दिने ओलीको वचन रहेको निकट श्रोतले बतायो ।

केही समय अघि अध्यक्ष ओली स्वयंले आफूलाई फोन गरेको र हालखर सोध्नुभएको जानकारी मानन्धरले आफ्ना फ्यानहरुलाई दिनुभएको थियो । उहाँले फोनमा कुरा गर्दापनि पूर्व प्रधानमन्त्री ओली निक्कै नै भावनात्मक र मिजासिलो स्वभावको पाएको भन्दै ओलीको प्रसंशा गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु