काठमाडौं । समय समयमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रमाइलो गर्ने गर्नुहुन्छ ।

हालै अध्यक्ष प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिनुभयो । उहाँ नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गर्नुभएको हो ।

साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउने प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको उल्लेख गर्नुभयो ।

काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।

प्रचण्डलाई पारिवारीक मोहमा हराउने नेताको आरोप लाग्ने गरेको छ । छोरी रेणु दाहाललाई चितवन महानगरपालिकाको मेयर जिताउन सबै हर्कत गरेको, बुहारीलाई मन्त्री बनाउँन राजनीति नै दाउमा राखेको र छोरीहरुका लागि नीजि सम्पत्ति जोडिदिएको उहाँलाई आरोप लाग्ने गरेको छ । प्रचण्डले छोरीहरुका लागि घर बनाईदिने पैसा कहाँबाट ल्याउनुभयो भनेर धेरैले प्रश्न गरिरहेका हुन्छन् ?

सम्बन्धित खबरहरु