काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले काम नै गर्न नसकेको दावी गर्नुभयो ।

उहाँले सरकारको कामगराई अपेक्षित नरहेको टिप्पणी गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठनको १ सय दिनसम्म पनि जनतामा आशा जगाउन काम हुन नसकेको टिप्पणी गर्नुभएको थियो ।

कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको भन्दै थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताउनुभयो ।

‘धेरै राजनीतिक परिवर्तन पछिका धेरै समय हामीले खेर फालेका छौं । हामीले यो मौका पनि खेर फाल्दैछौं की भनेर डर लागेको छ । सरकारले कामको लय पक्रन सकेको छैन’, थापाले भन्नुभयो ।

विद्युत खपत बढाउने विषयमा सरकारले पर्याप्त काम गर्नुपर्ने भन्दै थापाले विद्युत प्राधिकरणको प्रतिष्ठा जोगाउने गरी काम हुनुपर्ने धारणा राख्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु