विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पद केही दिनका लागि जोगिएको छ । विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएपछि केही दिनका लागि जोगिएको हो ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने बताउनुभयो ।

शुक्रबारको बैठकमा भने मुख्यमन्त्री आचार्यले प्रदेशसभासमक्ष विश्वासको मत माग्नुहुनेछ । त्यसपछि मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा दलीय प्रतिनिधित्वको आधारमा नेताहरुले धारणा राख्नुहुनेछ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाउनुभएको थियो ।

सम्बन्धित खबरहरु