लहान । विराटनगरमा न्यूरो अस्पतालले मृत भनेर अन्तिम संस्कारका लागि पठाएका पत्रकार रामानन्द गुप्ताले घरमा पुर्याएपछि रेस्पोन्स गर्न थाले ।

परिवारले अन्तिम संस्कारका लागि तयारी गर्दै थियो । उनले एक्कासी हातगोडा चलाउन थाले । आँखा खोलेर रेस्पोन्स गरे । सबै चीसो भएको शरीर एकाएक तातो बन्दै गयो ।

नेपाल प्रहरीका अधिकारीहरुको रोहोवरमा अब उहाँलाई बचाउन अस्पतालको खोजीमा छौ सप्तरीबाट पत्रकार दिलिप सिंहले जानकारी दिनुभयो ।

लौ न काठमाडौ झिकाउन कुनै सम्भावना छ उहाँले आत्तिदै फोन गर्नुभयो । त्यो कन्डिसनको बिरामीलाई तत्काल भ्यान्टिलेटर सर्पोट चाहिन्छ ।

भरसक नजिक जहाँ छ भेन्टिलेटर भएको एम्बुलेन्स खोज्नुस् र नजिकको भन्टिलेटर भएको स्वास्थ्य संस्थामा पुर्याउनुस् काठमाडौबाट उहाँले प्रतिनिधित्व गर्ने संगठनले भन्यो ।

त्यसपछि अहिले उहाँलाई भेन्टिलेटर सर्पोटको एम्बुलेन्स र नजिकको स्वास्थ्य संस्थामा लैजाने प्रयास भइरहेको छ । आजै मात्र अस्पतालले ब्रेन डेथ भयो हामीले बचाउँन सकिनौँ भनेर विराटनगरमा न्यूरो अस्पतालका चिकित्सकले मृत्युको प्रमाणपत्र सहित परिवारलाई थमाए ।

अन्तिम संस्कारका लागि विराटनगरदेखि सप्तरी ल्याईयो । घरमा ल्याएपछि उहाँले अनौठो रेस्पोन्स गर्नुभयो । चमत्कार भएको अनुभव भयो । उहाँ नेपाल पत्रकार महासंघ प्रदेश नं २ को उपाध्यक्ष हुनुहुन्छ । यसैगरी प्रेस चौतारी नेपाल प्रदेश नं २ को सदस्य हुनुहुन्छ ।

प्रदेश २ मा सक्रिय पत्रकार हो । उहाँलाई कार्तिक ३ गते अचानक ब्रेन हेमरेज भएपछि विराटनगरस्थित विराटन न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भ्यान्टिलेटर सर्पोटमा उहाँको उपचार गरियो । तर अन्तिममा चिकित्सकले बचाउन सकिएन भन्ने सन्देश दिए ।

उहाँको जीवन रक्षाका लागि उहाँ आवद्ध संगठनहरुले आर्थिक सहयोगको तयारी गरिरहेका थिए । तर खबर दुखद भएकाले त्यो प्रयास रोकिएको थियो । मृत्यु भयो भनिएपछि अन्तिम संस्कारका लागि जन्मथालो ल्याईयो ।

आफन्त, दाजुभाई, छरछिमेक र शुभेच्छुक सबैले अन्तिम संस्कारको तयारी गरे ।

तर अस्पतालबाट घर ल्याएपछि उहाँले अचानक रेस्पोन्स गर्न थाल्नुभयो । अहिले थप उपचारको प्रयास जारी छ । उहाँलाई बचाउन नाईट भिजनबाट काठमाडौ ल्याउने कोसिस भइरहेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ । भगवानले हाम्रो कामना सुन्नुहोस् ।

 

सम्बन्धित खबरहरु