काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराई अस्वस्थ्य हुनु भएको छ ।

स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँ अस्पताल भर्ना हुनु भएको हो । प्रतिनिधिसभा सदस्य समेत रहनु भएका भट्टराईको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शुक्रबार वीर अस्पताल भर्ना गरियो ।

उच्च ज्वरोको कारण केही दिनदेखि घरमै आराम गरिरहनुभएका भट्टराईको ज्वरो कम नभएपछि अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिनुभएको छ ।

वीर अस्पतालका चिकित्सकका सल्लाह अनुसार भट्टराईको सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको छ । उहाँलाई उच्च सर्तकताका साथ उपचार गरिनेछ । उहाँ सरकारी अस्पताल भर्ना हुनुभएको छ ।

नेताहरु नीजि वा विदेशी अस्पताल मात्र ताकिरहेका बेला युवाहरुको भरोसा बन्नुभएका नेता भट्टराईले भने सरकारी अस्पताल रोज्नुभएको छ ।

नेपालका सरकारी अस्पताल र त्यहाँ कार्यरत चिकित्सक दक्ष र योग्य हुँदाहुँदैपनि नेता र उच्च अधिकारीहरुले अन्तै जाने भएकाले जनमानसमा भरोसा कम हुँदै गएको थियो ।

 

सम्बन्धित खबरहरु