काठमाडौं । ताइवानलाई लिएर अमेरिका–चीनबीचको लडाँई कुनै नयाँ होईन ।

तर यस पटक अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवानलाई लिएर दिएको बयानले नयाँ हंगामा शुरु भएको छ । बाइडेनले भनेका छन्, ।

“यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले उक्त देशको प्रतिरक्षा गर्नेछ ।” उनको यो टिप्पणीलाई अमेरिकाले लामो समयदेखि अपनाउँदै आएको विदेशनीतिभन्दा भिन्न बाटो लिन खोजेको अर्थमा हेरिएको छ ।

तर ह्वाइट हाउसका एकजना प्रवक्ताले पछि केही अमेरिकी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै राष्ट्रपतिको त्यस्तो टिप्पणीको अर्थ अमेरिकी नीतिमा परिवर्तन आएको भन्ने कुराको संकेत नभएको बताएका छन् ।

अमेरिकामा विद्यमान एक कानुन अनुसार उस्ले ताइवाइनलाई आफ्नो प्रतिरक्षा गर्न मद्दत गर्नु आवश्यक हुन्छ ।

तर अमेरिकाले “रणनीतिक अस्पष्टता” को नीति अपनाउने गरेको देखिन्छ, जस अन्तर्गत चीनले ताइवानमाथि हमला गरेको खण्डमा अमेरिकाको भूमिका कस्तो हुन्छ भन्ने कुरालाई जानाजान नै अस्पष्ट रूपमा प्रस्तुत गर्ने गरिन्छ । राष्ट्रपति बाइडनको टिप्पणीप्रति चीनले प्रतिक्रिया जनाइसकेको छैन । बीबीसी

सम्बन्धित खबरहरु