एजेन्सी । दम्पतीले आफ्नो शारीरिक सम्पर्कबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् ।

कुनै समय उनीहरु शारीरिक सम्पर्कबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । शारीरिक सम्पर्क क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक ?

किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ ।

शारीरिक सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि दुवै जना शारीरिक सम्पर्कका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले पर्याप्त सुख प्राप्त गर्न सक्छन् ।

त्यसो त शारीरिक सम्पर्कका लागि स्थान र समयले पनि उत्तिकै भूमिका खेल्छ । यसमा दम्पतीले गोपनीयता अपनाउन चाहन्छन् र त्यही किसिमको स्थान छनौट गर्छन् ।

त्यसैगरी कुन समयमा शारीरिक सम्पर्क बनाउने भन्ने कुराले पनि महत्व राख्छ । कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि शारीरिक सम्पर्कका लागि अनुकुल समय ठान्छन् ।

जस्तो कि रातको ९ बजे वा १० बजे । यद्यपि यो समय नै आफूलाई अनुकुल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ । केही अध्ययनबाट थाहा भएको कि उक्त समय शयनमा सुखद् पल महसुस गर्नका लागि अनुकुल हुँदैन । फ्रन्टियर्स इन साइकोलोजीले यस अध्ययन गरेको थियो ।

जसमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक सम्पर्क मा सामेल हुने गर्दथे । यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले शारीरिक सम्पर्कमा पूर्ण सन्तुष्टि हासिल गर्न सकेकै थिएनन् ।

४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी शारीरिक सम्पर्कबाट सुखभोग गर्न पाएका थिएनन् । कतिपय दम्पतीको अनुभवमा राति शारीरिक सम्पर्क राख्नाले दिउँसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट चरम आनन्द लिन सकिएन । रातको समय शारीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफूलाई तयार राख्न सकौं ।

त्यसैगरी शारीरिक सम्पर्कका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् । मान्छेको बडी क्लक र शारीरिक सम्पर्क बनाउनुसँग सम्बन्ध जोडिएको छ ।

खासगरी यसले हर्मोनले प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ । त्यसैले शरीरले विश्राम खोजिरहेको बेला शारीरिक सम्पर्क राख्दा त्यसबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न सकिदैन ।

अतिरिक्त काम गर्नका लागि शरीरलाई ऊर्जा आवश्यक हुन्छ, ठीक त्यसैगरी सक्रिय शारीरिक सम्पर्कका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ । त्यसैले बिहानको समयमा शारीरिक सम्पर्क बनाउनु बढी उपयुक्त हुन्छ ।

बिहानको समयमा बनाइने शारीरिक सम्पर्क राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ । राति तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ ।

जबकि यतिबेला शरीरले दिनभर खर्चेको ऊर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा शारीरिक सम्पर्क बनाउनुभन्दा बिहानको समयमा शारीरिक सम्पर्क धेरै उत्तम हुन्छ ।

 

सम्बन्धित खबरहरु