काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १/२ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का÷फाटफुट वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशहका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध समेत अनुरोध गरिएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्नुहोस्

२०७८ कार्तिक ०६ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०७ गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०८ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

सम्बन्धित खबरहरु