काठमाडौं । टिभीमा लाइभ (प्रत्यक्ष) रिपोर्टिङको क्रममा, धेरै पटक केहि आश्चर्यजनक कुराहरु हुन्छन्, जसलाई सहज रुपमा विश्वास गर्न सकिदैँन् ।

त्यसपछि ति कुराहरु विश्वभर भाइरल हुन थाल्छन् । यस्तै एउटा घटना अमेरिकाबाट बाहिर आएको छ । त्यहाँ एक समाचारवाचिकाले टिभीमा मौसम समाचार पढ्दै गर्दा अचानक हलचल पैदा भयो ।

भएको के थियो भने जब उनी समाचार पढ्दै थिइन्, स्क्रिनमा एउटा वयश्क भिडियो चलिरहेको थियो । यो घटना अमेरिकाको एक स्थानीय टिभी च्यानलको हो ।

“डेली मेल” को एक रिपोर्ट अनुसार, यो टीभी च्यानलमा मौसम जानकारी दिने कार्यक्रममा, एक महिला समाचारवाचिका दर्शकहरुलाई मौसम बारे बताइरहेकी थिईन्, तब उनको पछाडि स्क्रिनमा मौसम अपडेट आइरहेको थियो ।

एंकर अर्थात समाचारवाचिका आफ्नो अगाडिको स्क्रिनमा हेरिरहेको थिइन् र दृश्यहरु पृष्ठभूमिमा खेल्दै थिए । त्यसैबीच, जब उनी मौसम जानकारी दिइरहेकी थिइन्, अचानक मौसम को दृश्य को सट्टा, उनको पछि वयश्क भिडियो चल्न थाल्यो ।

अचम्मको कुरा के भने समाचार पढ्दै गरेकी उनलाई उनको पछाडि के चलिरहेको छ भन्ने जानकारी हुन सकेन् । जब अन्य मानिसहरुले त्यसबारे जानकारी पाए तत्काल समाचार बन्द गरियो । तर त्यो समयसम्म धेरै ढिला भइसकेको थियो, किनकि मानिसहरु सो समाचार लाइभ अर्थात प्रत्यक्ष हेरिरहेका थिँए ।

जब एंकरलाई आफूले समाचार वाचन गर्दा वयश्क भिडियो चलेको कुरा थाहा भयो, उनी स्तब्ध भइन् । सो भिडियो अहिले हटाइएको छ । रिपोर्टका अनुसार, दर्शकहरुले टिभीमा मौसम समाचारमा वयश्क भिडियो चलेको छ भनेर फोनमार्फत जानकारी गराएका थिँए ।

यो मात्र हैन, धेरै दर्शकहरुले च्यानलविरुद्ध प्रहरीकहाँ उजरी पनि दायर गराएका छन् । त्यसपछि सो कुरा प्रहरीकहाँ पुगेको हो । अर्कोतर्फ, यो सम्पूर्ण घटनापछि, च्यानलले आफ्ना दर्शकहरुसँग माफी मागेको छ ।

च्यानलले आफ्नो एक बयानमा भविष्यमा फेरि कहिल्यै यस्तो नहोस्, भनेर आफूहरु त्यस दिशामा काम गरीरहेको उल्लेख छ ।

यो कसरी भयो भनेर पत्ता लगाउने कोसिस पनि भइरहेको जारी बयानमा बताइएको छ । अर्कोतिर प्रहरीले पनि उक्त विषयमा अनुसन्धान शुरु गर्यो ।

 

सम्बन्धित खबरहरु