काठमाडौं । सिरियामा अमेरिकी सेनाले गरेको हवाई हमला अल कायदाका नेता अब्दुल हमिद अल मतर मारिएका छन् ।

शुक्रबार अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जोन रिग्स्बीले यो जानकारी दिएका हुन् ।

रिग्स्बीले भने कि अल–कायदा संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूका लागि खतरा बनेको छ । अल कायदाले सिरियालाई सुरक्षित आश्रयको रूपमा प्रयोग गर्दछ ।

अमेरिकाका अनुसार त्यहाँबाट विश्वभर अशान्ति हमलाहरु गर्छ । उनले अलकायदाका शिर्ष नेताको मृत्युपछि अलकायदाको कारबाहीमा अवरोध हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकाले विश्वका धेरै देशहरुमा यस प्रकारका कारबाहीहरु गर्दै आएको छ । यसअघि पनि अमेरिकाले समय समयमा विश्वबाट अशान्ति समाप्त भएको बताउँदै आएको थियो, तर वास्तविकता अहिले पनि ठ्याक्कै उल्टो रहेको छ ।

 

सम्बन्धित खबरहरु