सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बम ब्लाष्ट भएको छ । ब्लाष्टमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम ब्लाष्ट भएको हो ।

ब्लाष्टमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

‘समुदायिक वन खुलेको रैछ, आज बिहान पौने १० : ४५ बजे एक्कासी बेवारिसे बम ब्लाष्ट भएछ । बम कस्ले राख्यो, कसरी ब्लाष्ट भयो भन्ने बारे अनुसन्धान भइरहेको,’ डीएसपी घर्तीले बताउनुभयो ।

उहाँका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु