एजेन्सी । जारी बर्षाको असर भारतमापनि देखिएको छ ।

त्यहाँपनि बाढी र पहिरोले कयौँ जनधनको क्षति भएको छ भने हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्।

उद्धार टोलीले लाश निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ ।

हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार बिहीबार हराएका पर्यटकहरूक बारेमा प्राप्त जानकारी अनुसार हिमाञ्चल प्रदेशबाट दुई लाश र उत्तराखण्ड बाट पाँच लाश र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।

यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्याहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ । भारतमा ठूलो संख्यामा नेपालीहरु छन् । उनीहरुको अवस्था भने अहिलेसम्म सामान्य छ । केरलामा २ जना नेपाली आप्रवासीको निधन भएको खबर यसअघि नै आएको छ । यसपछि मृत्युका खबर आएका छैनन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु